• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

कस्ताे छ आज दिनभरको मौसम ?


भाद्र २३, काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको र स्थानिय वायुको पनि प्रभाव रहेको छ। ।

स्थानीय वायुको प्रभावका कारण हाल देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश,गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजको मौसम पूर्वानुमानका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार