• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

नेपालमा ठुलै नेतालाइ काेराेना संक्रमण पुष्टि


भाद्र २३, काठमाडाैं । नेपालमा ठुलै नेतालाइ काेराेना संक्रमण पुष्टि भएकाे छ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको हाे।

हिजो सोमबार साँझ स्वाब परीक्षणको लागि ह्याम्स अस्पताल दिएकोमा आज बिहान ११ बजे आएको रिपोर्टमा पनि उनको रिपोर्ट पोजेटिभ आएको थियो। त्यसपछि पुन: बिहान स्वाब परीक्षण गरिएको थियो।

केहीबेर अघि आएको रिपोर्टमा पनि उनको नतिजा पोजेटिभ देखिएको हो ।

शशांकलाई ज्वरो आएपछि स्वाब परीक्षण गरिएको हो। परिवारका अन्य सदस्य र सुरक्षाकर्मी गरी ११ जनाको स्वाब भने स्टार अस्पतालमा परीक्षणको लागि दिइएको छ।

उनीहरूको रिपोर्ट आएको छैन।  पछिल्लो समय विनोद चौधरीसँग पटक-पटक छलफलमा रहेका कोइरालामा कोरोनाको स्रोत त्यही भएको बताइएको छ। चौधरी कोरोनामुक्त भइसकेका छन्।

कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन। उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार