अमेरिकी राष्ट्रपति ट्रम्पकाे कति छ सम्पति ?


भाद्र २४, अमेरिका । अमेरिकी राष्ट्रपति ट्रम्पका लागि यो वर्ष निकै कष्टकर रह्यो । महाअभियोग र महामारीभन्दा पनि उनको सम्पत्तिमा करिब २० प्रतिशतको कमी आएको छ ।

उनको सम्पत्ति एकै वर्षमा २.५ बिलियन डलर (२ खर्ब ९३ अर्ब) बाट झरेर ६ सय मिलियन डलर (६० अर्ब) मा झरेको छ । यससँगै उनी द फोर्ब्स ४००को सूचीमा ३ सय ३९ औं स्थानमा धकेलिएका छन् । गत वर्षभन्दा ६४ स्थान मुनी ।

कोरोनाभाइरसले उनलाई राष्ट्रपति चुनावको प्रतिस्पर्धामा मात्रै चुनौती थपेको छैन यसले उनको लगानी रहेको थुप्रै उद्योगलाई ठूलो धक्का दिएको छ ।

ठूला कार्यालय भवनको मूल्यमा गिरावट आएको छ । ठूला शहरमा भएका होटलको पनि त्यस्तै हाल छ । डिसी र सिकागोमा रहेको सम्पत्तिमा ट्रम्पको ठूलै ऋण छ । यी दुबै अहिले पानीमुनी रहेको बताइएको छ ।

यसका साथै ट्रम्पको म्यानहटनमा करिब ३५०  पार्किङ स्थल छन् ।

उनको फ्लोरिडामा मार–ए–लागो क्लब छ र नजिकै तीनवटा ठूला भवन छन् । सामान्य स्थितीमा यसबाट निकै आम्दानी हुने गर्दथ्यो तर न्यूयोर्करहरु शहरबाट धमाधम बाहिर गरिरहेका बेला यहाँको चहलपहल शून्यप्राय छ ।

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार