• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा गाउँपालिकाका कर्मचारीले पाए काेराेना बिमाकाे एक लाख


भाद्र २४, सल्यान । सल्यानमा अर्का एक व्यक्तिले फेरि काेराेना संक्रमणकाे विमा बापतकाे एक लाख रुपैयाँ पाएका छन् ।

जिल्लाकाे कालिमाटी गाउँपालिकामा कोरोना नियन्त्रण तथा रोकथाममा काम गर्ने डा. रहिश कोजु कोरोना सक्रमित भएपछि उनलाइ बिमा दाबी रकम बापतकाे नेको इन्स्योरेन्स सल्यानले एक लाख हस्तान्तरण गरेकाे हाे ।

भाद्र १२ गते प्रदेश अस्पताल सुर्खेतमा भएको परीक्षणमा उनलाइ काेराेना पाेजेटिभ देखिएकाे थियाे । गाउँपालिकाले आफ्ना कर्मचारीकाे काेराेना विमा गराउने क्रममा उनकाे पनि बिमा गरेकाे थियाे ।

उनि अहिले प्रदेश अस्पतालको आइसुलेशनमा रहेको हुँदा नेको इन्स्योरेन्सले कालिमाटी गाउँपालिकाका सुचना अधिकृत बिष्णु भण्डारीलाइ बिमाकाे रकम हस्तान्तरण गरेकाे हाे ।

लसम्म नेको इन्स्योरेन्स सल्यानले ४ जनालाइ कोरोना बिमा क्षतिपूर्ति प्रदान गरिसकेको र साढे १६ हजार नागरिककाे बिमा गरेकाे शाखा प्रमुख नारायण दाहालले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार