• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

८६ वर्षीया वृद्धामाथि बला’त्कार : ‘उनि रोइरहिन् तर ती पुरुषले छाेडेनन्’


भाद्र २५, दिल्ली । हरेक वर्ष भारतमा हज्जारौं–लाखौं बला त्कारका मुद्दा दर्ता हुने गर्छन् तर यीमध्ये केही यस्ता घ’टना छन् जसले थुप्रैले ध्यान आकृष्ट गरेका हुन्छन् । भारतको राजधानी दिल्लीमा यस्तै एउटा घ’टना सार्वजनिक भएको छ जसमा एक व्यक्तिले ८६ वर्षकी वृद्धामाथि बला त्कार गरेका छन् ।

यी व्यक्ति हाल प्र’हरीको निय’न्त्रणमा छन् ।

दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालिवालले दिएको जानकारी अनुसार ती वृद्धा बेलुकी आफ्नो घर बाहिर दुध ल्याउने व्यक्तिको प्रतिक्षा गरिरहेका बेला बला त्कार गर्ने व्यक्ति उनी भएठाउँ पुगेका हुन् ।

स्वाति मालिवालले भनिन्, ‘ती व्यक्तिले महिलालाई सधैं दुध ल्याउने व्यक्ति आज नआउने त्यसैले उनलाई दुध पाउन सकिने स्थानमा पुर्याइदिने बताइन् ।’

स्वातिका अनुसार वृद्धाले उनलाई विश्वास गर्दै उनीसँगै गइन् । त्यसपछि ती व्यक्तिले नजिकैको खेतमा लगेर उनलाई बला त्कार गरे । उनी रोइरहिन् र आफूलाई छोडिदिनका लागि याचना गरिरहिन् तर ती व्यक्तिले सुनेनन् । उनले आफूलाई छुटाउने प्रयासमा ती व्यक्तिलाई कु’टिन् पनि ।

त्यहाँबाट हिँडिरहेका केही मानिसहरुले उनको आवाज सुनेपछि उनलाई बचाउन गए । उनीहरुले नै अभियुक्तलाई प्र’हरीलाई सुम्पिए ।

स्वाति मालिवाल मंगलबार पीडितको घर गइन् । त्यहाँ उनले जे देखिन् त्यो मन कुँडिने खालको थियो ।

‘उनको हातभरी चाउरी थिए । जब तपाईं उनको कहानी सुन्नुहुन्छ नि तपाईंको मन दुख्नेछ । उनको अनुहार र शरीरमा चोटका निशान छन् र उनले मलाई भनिन् कि उनको रगत पनि बग्यो । उनी निकै भयभित छिन् ।’

स्वाति मालिवालले अभियुक्तका लागि मृ’त्युद’ण्डको माग गरेकी छिन् ।

प्रकाशित मिति : २०७७ भाद्र २५ गते बिहिवार