• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

काँग्रेस सल्यानका सचिव प्रकाश भण्डारीको पहलमा साढे ६१ हजार सहयोग रकम


भाद्र २५, सल्यान । नेपाली काँग्रेस सल्यानका पार्टी सचिव प्रकाश भण्डारीकाे पहलमा युथ अफ सल्यान फाउन्डेसनलाई ६१ हजार ५ सय २० रुपैया सहयोग रकम हस्ताणन्तरण गरिएकाे छ ।

सल्यानका युवाहरुले अशाय अशक्त बिरामीहरुलाई सहयोग गर्दै आइरहेको युथ अफ सल्यालाई जापानमा रहेका विभिन्न व्यक्तिहरुलाइ आग्रह गरेर सचिव भण्डारीले सहयाेग गरेका हुन् । बिहीबार रकमको चेक युथ अफ सल्यानका संयोजक अनिल भण्डारीलाई हस्ताणन्तरण गरेका हुन् ।

आफुले कुनै राजनितिक हिसाबले नभई सामाजिक कार्यले सहयोग गरेको बताए । जो बिरामी भई आर्थिक अवस्था कमजोर हुँदा उपचारबाट बन्चित भएका छन त्यस्ता ब्यक्तिहरुको सहयोगका लागी रकम हस्तान्तरण गरेको भण्डारीको भनाई छ ।

उपचारबाट बन्चित बिरामीहरुका लागी जापानमा रहेका नेपालीहरुले आफ्नो खाजा खर्च कटाएर रकम संकलन गरेर पठाएकाले यो रकम सहि ठाउँमा सदुपयोग गर्न युथ अफ सल्यान फाउन्डेसनलाई आग्रह गरे  ।

भिर बाट लडेर उपचार नपाई गम्भिर बिरामी परेका बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ पाट्केका झुप बहादुर बुढाको उपचारका लागि नेपाल बाट अध्ययन र रोजगारीको लागि जापान पुगेका साथिहरु बाट सो रकम उठाएको भण्डारीले बताए ।

झुप बहादुर बुढाको उपचारको लागि सहयोग रकम संकलन गरेको भएतापनि उपचारको लागि आवश्यक रकमको जोहो भईसकेकोले सो रकम युथ अफ सल्यान फाउन्डेसनलाई हस्तान्तरण गरेको र सो रकम उचित सदुपयोग गर्नको लागि आग्रह गरे ।

उपचारको लागि सहयोग रकम संकलन गरेर उपचारमा सहयोग पु¥याएकोमा सहयोगी हातहरुलाई धन्यवाद दिदै उपचारको लागि समस्या परेका अशायहरुको लागि सो रकम सहयोग गरिने युथ अफ सल्यानका संयोजक अनिल भण्डारीले जानकारी दिए । युवाहरूको सहभागीतामा भएको रहक हस्तान्तरण कार्यक्रमको सहजिकरण नेविसंघका उपाध्यक्ष प्रेम नारायण विकले गरेका थिए ।

युथ अफ सल्यान फाउन्डेसनले बिभिन्न सामाजिक कार्य गर्नुका साथै बिभिन्न सामाजिक कार्य गदै आर्थिक अवस्था कमजोर भई उपचारबाट बन्चित विपन्न परिवारहरुको लागी सहयोग गर्दैै आएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २५ गते बिहिवार