• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

देशभर १,४५४ जनामा कोरोना संक्रमण पुष्टि, मृ त्यु हुनेको संख्या ३२२ पुग्याे


भाद्र २६, काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर हालसम्मकै धेरै १,४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

हालसम्म संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको पनि गौतमले बताए । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ।

यस्तै बितेको २४ घण्टामा ९७२ जना निको भएका छन् भने योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । यस्तै हालसम्म मृ त्यु हुनेको संख्या ३२२ पुगेको छ। पछिल्लाे २४ घण्टामा थप ५ को मृ त्यु भएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २६ गते शुक्रवार