• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

१६ सैनिकको ह त्या


भाद्र २६, काठमाडौं । अफगानिस्तानको पूर्वी प्रान्त नान्जरघरमा तालिबानको आक्रमणमा परी १६ अफगानी सैनिकको मृ त्यु भएको छ । स्थानीय स्रोतले शुक्रबार दिएको जानकारी अनुसार थप केही सैनिक आक्रमणमा घाइते भएका छन् ।

आक्रमणकारीहरुले खोग्यानी जिल्लाको गान्डुमक क्षेत्रमा रहेको चेकप्वाइन्टमा अफगानी सेना र प्रहरीलाई लक्षित गर्दै आक्रमण गरेका थिए । आक्रमणको क्रममा तीन सुरक्षा चौकी ध्वस्त भएका थिए ।

शनिबारदेखि कतारको राजधानी सहर दोहामा अफगानिस्तान र तालिबानबीच वार्ता सुरु हुने अपेक्षा गरिएको अवस्थामा यस्तो समाचार आएको हो । यो वार्ताले अफगानिस्तानमा विगत दुई दशकदेखि जारी आन्तरिक युद्धको अन्त्य गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २६ गते शुक्रवार