• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

राेल्पाः परिवारसँगै गाेठमा सुतेका २ भाइलाइ पहिराेले लियाे


भाद्र २७, रोल्पा । रोल्पामा पहिरोले गोठ बगाउँदा गएराति गोठमा सुतिरहेका दुई बालकको मृ त्यु भएको छ ।

जिल्लाको लुङ्गी गाउँपालिका वडा नम्बर १ ऐते गाउँका ज्ञानसिङ्ग घर्तिको गोठ माथिबाट आएको पहिरोले बगाउँदा गोठमा सुतिरहेका उनका ११ बर्षिय छोरा युवराज र ८ बर्षिय अर्का छोरा अमर घर्तिको ज्यान गएको हो ।

तिलाचौर र सुलिचौरबाट गएको प्रहरी टोलीले घटना स्थलबाट दुई बालकको शव निकालेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश सुबेदीले जानकारी दिए ।

प्रहरीका अनुसार घरमा बालकहरुसँगै हजुरबुवा, हजुरआमा र आमा सहित पाँच जना सुतेका र उनिहरु ३ जनाको अबस्था सामान्य रहेको छ । मृ’तक बालकका बुवा भने रोजगारीका लागि भारतमा रहेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार