• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

भक्तपुर ह’त्या का’ण्ड : छोरा सुशान्तलाई ‘रामराम’ लेखिएको कपडा ओढाइएको थियो


भाद्र २७, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको श’व भेटिएको प्रकरणमा हत्यापछि आ त्म ह त्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

शुक्रवार बेलुका कुन्डोलकाे एक घरमा श्रीमान्, श्रीमती र छोरासहित ३ जनाको श’व फेला परेको थियो भने घरमा पालिएको बेलायती कुकुर पनि मृ’त अवस्थामा फेला परेको थियो ।

घटनास्थलमा खटिएका प्रहरी अधिकारीका अनुसार घ’टनास्थल हेर्दा केही शंकास्पद देखिएको छ । सुदिप अधिकारीको श’व केही ताजा देखिनु र श्रीमती सम्झना र छोरा सुशान्तको शव सडेको अवस्थामा देखिनुले सुदिपले ह त्या गरेर आफूले आ त्म ह त्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

‘घ’टनास्थलको प्रकृति हेर्दा श्रीमती र छोराको ह त्या गरेर आ त्म ह त्या गरेको हुनसक्ने अवस्था देखिन्छ,’ती प्र’हरी अधिकारीले भने,‘थप कुरा भने पोष्टमार्टम र फरेन्सिक ल्याबको अनुसन्धानपछि देखिएला ।’

सम्झना र छोरा सुशान्त तल्लो तलाको आ–आफ्नो कोठाको सुत्ने खाटामा कुहिएको अवस्थामा थिए । सुदिप भने माथिल्लो तलमा कम्भटमा वान्ता गरेको अवस्थामा फेला परेका थिए । रगत र अन्य केही तरल पदार्थ सुकेको अवस्थामा भेटिएको छ ।

सानो बेलायती कुकुर पनि मरेको अवस्था देखिएकाले सुदिपले ह त्या गरेर आ त्म ह त्या गरेको हुनसक्ने देखिएको प्र’हरीले जनाएको छ ।

अर्को पाटो छोरा सुशान्तको श’वको माथि ‘रामराम’ लेखेको पहेँलो पिताम्बर कपडा (कात्रो) राखिएको थियो भने  श्रीमती सम्झनाको श’वमा सेतो बुट्टा भएको कपडा (कात्रो) ओढाइदिएको अवस्था थियो । दुवै जनाको टाउकोको खप्परमा गहिरो चोट देखिएको  अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताए ।

‘छोराको श’वमा रामराम लेखिएको र श्रीमतीको श’वमा सेतो बुट्टा भएको कपडा ओढाएको अवस्था र आफूले भने कम्भोटमा वान्ता गरेका अवस्थामा श’व भेटिएको थियो,’ ती अधिकारीले भने ।

घ’टनास्थलबाट प्रहरीले ३६ वर्षीय सुदिप अधिकारी, ३४ वर्षीया सम्झना अधिकारी, छोरा सुशान्त अधिकारी र बेलायती कुकुरसहित घटनास्थलमा भेटिएका वस्तुहरुलाई नेपाल प्रहरीको फरेन्सिक ल्याबमा परीक्षणको लागि पठाइएको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक थापाले बताए ।

‘हामीले ३ जनाको श’व, कुकुरको श’व र घ’टनास्थलमा भेटिएका वस्तुहरुलाई फरेन्सिक ल्याब पठाएका छौ,’ प्रमुख थापाले भने ।  ३ जनाको पोष्टमार्टम र फरेन्सिक ल्याबको अनुसन्धानपछि घ’टनाका अन्य पाटाहरू खुल्ने एसएसपी थापाले बताए ।

घ’टनास्थलको छानबिनका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विज्ञको टोली गएको थियो । शुक्रवार साँझ ५ बजे सुदिप अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाको टोली घ’टनास्थलमा पुगेको थियो ।

ऋण पछि झगडा

सुदीप भक्तपुरस्थित एक औषधी कम्पनीमा काम गर्थे । धेरै मदिरा सेवन गर्ने बानीका कारण औषधी कम्पनीले उनलाई जागिरबाट निकाल्यो । एक बर्षदेखि उनी बेरोजगार थिए ।

निकोसेरास्थित घरको सटरमा किराना पसल छ । उनी, पछिल्लो समय सोही पसलमा बस्थे । सुदीप–सम्झना दम्पतीले केही त्यहाँ घर बनाएको पनि धेरै भएको छैन । बाबु आमाको घर उनको बाट अलि टाढा छ । उनको घरनजिकै जस्ताको टहरो छ । त्यहाँ होटल, पसल छन् । तर, उनको घर आसपासमा अरु घर छैनन् ।

उनीहरुको घरको हरेक तल्लामा एउटा मात्र कोठा छ । घर बनाउँदा ऋण लागेको थियो । लकडाउन शुरु भएपछि सुदीपले ससुरासँग ‘पसलको सामान थप्न’ भनेर २ लाख ऋण लिएका थिए । ‘जसरी पनि दुई लाख दिनुपर्ने’ भनेपछि ससुराले सुदीपलाई पैसा दिएको प्रहरीसँग बताएका छन् । मदिरा सेवन गर्ने उनको बानीका कारण घर झगडा भैरहने छिमेकीहरु बताउँछन् ।

छोरा यसवर्ष एसईई पास भएका थिए । पछिल्लो समय छोरासँग पनि उनको झगडा भएको थियो । अन्तर्मुखी स्वभावका कारण घर वरपर बस्नेहरुसँग उनीहरुको खास सम्बन्ध थिएन् । घर झगडा र ऋणका कारण उनले ह त्यापछि आ त्म ह त्याको बाटो रोजेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार