• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

सल्यानका गाडी धनीले दाङमा आफ्नै बस भित्रै आ’त्मह’त्या गरे


भाद्र २७, सल्यान । सल्यानका एकजना गाडी धनीले दाङमा आफ्नै बस भित्रै विष सेवन गरी आ त्म ह त्या गरेका छन्।

सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. १३ निवासी ३४ वर्षीय भरत बस्नेतले दाङ जिल्लाको तुलसीपुर स्थित बसपार्कमा पार्किङ गरेर राखेको आफ्नो बस भित्रै शुक्रबार विष सेवन गरि आ त्म ह त्या गरेका हुन।

बस्नेतले आफ्नो पार्किङ गरेर राखेको रा १ ख २१२२ नम्वरको बस भित्र शुक्रवार मध्यान्ह १२ बजेतिर विष सेवन गरि आ त्म ह त्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।

बस्नेतलाई राप्ती प्रादेशिक अस्पताल पुर्याए लगतै चिकित्सकले मृ’त घोषणा गरेको डिएसपी सिंहले बताए। बस्नेत आफै साहु र चालक हुन्।

डिएसपी सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार