• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

आज थप १ हजार २२ जना कोरोना संक्रमण पुष्टि, १४ जनाको ज्यान गयो


भाद्र २६, काठमाडाैं । पछिल्लाे २४ घण्टामा नेपालमा १ हजार २ सय २ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।

१० हजार १ सय ७६ जनाको पीसीआर भएकोमा १ हजार २ सय २ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यो सँगै सङ्क्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ ।

आज नेपालमा १५ हजार २ सय ६० जना सक्रिय सङ्क्रमित छन् । यस्तै गएको २४ घण्टामा ८ सय ५२ जना कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।

यस्तै पछिल्लाे २४ घण्टामा १४ जनाको ज्यान गएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ३ सय ३६ जनाको ज्यान गएको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार