• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

थप रहस्यमय बन्यो भक्तपुर ह’त्या प्रकरण, आफन्तले दिए प्रहरीमा जाहेरी


भाद्र २७, भक्तपुर । भक्तपुरकाे मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको ह त्या घ’टना थप रहस्यमय बन्दै गएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्तको ह त्या प्र’करण रहस्यमय बनेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको ।

मथिनपा–६ कुण्डोल बस्ने मृतक सुदीपका भाइ सुनिल अधिकारी शुक्रबार अपराह्न दाजुको घरमा मासु पु¥याउन जाँदा दाजुका सबै परिवार मृ’त देखेपछि घ’टनाबाहिर आएको थियो ।

सुनिलका अनुसार घरको मूल ढोका केही खुलेको थियो । बाहिरबाटै दाजुलाई बोलाउँदा नबोलेपछि भित्र गएका थिए । भित्र जाने बित्तिकै केही गन्ध आयो । घरको मूल ढोकाको ताल्चा साँचो ढोकाभित्रको प्यासेजमा राखिएको मोटरसाइकल माथि थियो ।

भाइ सुनिल माथि जाँदा दोस्रो तलाको भर्याङको प्यासेजमा सेतो कुकुर मरिरहेको थियो । दोस्रो तलाको दाजुको कोठामा हेर्दा भाउजू सम्झना खाटको ओछ्यानमा मृत देखेपछि आत्तिँदै माथिल्लो कोठामा जादा त्यहाँ पनि भतिज सुशान्त ओछ्यानमै मृ त्यु भएको देखे ।

त्यसपछि माथि जाँदा भान्छाभन्दा बाहिर कौसीमा निस्कने ढोकाको प्यासेजमा घोप्टो परेर दाजु सुदीपको पनि श’व देखे । गत आइतबार सोह्रश्राद्धमा सबै परिवार भेट भएको थियो । शुक्रबार दाजुको परिवारलाई मासु पुर्याउन आएका भाइ सुनिलले दाजुको परिवार सबैलाई मृ’त देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घ’टनास्थलमा खबर पाएलगत्तै अपराह्न ५ बजे नजीकै रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलको टोली पुगेको थियो । प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापा भने पौने ६ बजे मात्रै घ’टनास्थल पुगेकी थिइन् ।

घ’टना भएको क्षेत्रलाई प्रहरीले अनुसन्धानका लागि आफ्नो घेरामा लिएपछि महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाको टोली र त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख सहकुल थापाको टोलीसहित फरेन्सिक ल्याबको टोलीसमेत घ’टनास्थल पुगेको थियो ।

टोलीले राति ११ बजेभन्दा पछिसम्म अनुसन्धान गरी मचुल्का उठाएर श’व परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको थियो ।

सुदीपले श्रीमती र छोराको हत्या गरेको केही दिनपछि विष सेवनबाट आफैँले आ त्म ह त्या गरेका हुन् कि भन्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सम्झना र शुशान्तलाई धारिलो ह’तिया’रको प्र’हारले ह त्या गरिएको छ ।

ह त्या पछि सम्झनालाई भित्तापट्टि कोल्टो राखेर माथिबाट ओढ्ने ओढाइदिएको छ भने शुशान्तको पनि टाउको र घाँटीमा धारिलो हति’यार प्रयोग गरेर हत्या गरेको पाइएको छ । ह’त्या पछि घोप्टो बनाएर माथि पहेँलो रामनामी कपडाले छोपेको अवस्थामा सुशान्तको श’व भेटिएको छ ।

ओछ्यानदेखि भित्तामा समेत रगतको छिटाहरु छन् । रगत सुकिसकेको र दुवै श’व गलेर गन्हाउनुका साथै घाउमा किरा पर्न थालेको थियो । सुदीपको श’व भने गलेको र गन्हाएको पनि थिएन भने शरीरमा कुनै बाहिरी चोटपटक पनि छैन ।

प्र’हरीका अनुसार तीनवटै शव हेर्दा एकै दिन मृ त्यु भएको होइन । सम्झना र सुशान्तको केही दिनअघि र सुदीपको केही दिनपछि मृ त्यु भएको अनुमान प्रहरीको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख तारादेवी थापाले भने महाशाखाको टोलीले घ’टनास्थलको अनुगमन र अनुसन्धान गरेकाले आफूलाई यस बारेमा केही पनि थाहा नभएको प्रतिक्रिया दिइन् ।

महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक थापाले मृ’तकको श’व र कुकुरको परीक्षणको रिपोर्ट आएपछि घ’टनाबारे थप कुरा थाहा हुने जानकारी दिए । उनले भने, ‘मृ’तक तीन जनाकै पोष्टमार्टमको रिपोर्ट र पशु प्रयोगशालाबाट कुकुरको पनि पोष्टमार्टमको रिपोर्ट आउँछ, त्यसपछि घ’टनाका बारेमा थप भन्न सकिन्छ ।’

वरिष्ठ प्रहरी उपरीक्षक थापाले भने, ‘सम्झना र सुशान्तको टाउकोमा गहिरो चोट छ । सुशान्तको शवसँगै ओछ्यानमा रगत लागेको मासु काट्ने फलामको दाप (चुप्पी) भेटिएको छ । श’व गलिसकेको, गन्हाउन थालेको र घाउमा किरा पर्न थालेको छ तर सुदीपको श’व गन्हाएको र गलेको छैन । सुदीपको श’व नजीकै रहेको थालमा बान्ता गरेको छ । कुकुरको पनि त्यस्तै छ । भान्छामा साग र भात छ ।

प्रारम्भिक अनुसन्धानमा सुदीप र कुकुरको विष सेवनबाट मृ’त्यु भएको अनुमान छ । घरको ढोका खुलै भएकाले बाहिरी मान्छेको प्रवेश भएर हत्या भएको हो कि भन्ने आशङ्का रहे पनि घ’टनास्थल र अवस्था हेर्दा बाहिरको व्यक्ति प्रवेश गरेर ह’त्या गरेको हो भनेर यकिन गर्ने अवस्था छैन ।’

प्रहरीले सुदीपको बान्ता पनि परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । थापाले भने, “प्रहरीले अनुसन्धान जारी राखेको छ, आज बिहान पनि घ’टना भएको घरको बाहिर खेतमा खोजतलास गर्ने क्रममा सल्फर लेखिएको विषको दुईवटा बट्टा भेटिएको छ, थप सबुत प्रमाणको खोजी र अनुसन्धान जारी छ । विधि विज्ञान प्रयोगशालामा पठाएर अनुसन्धान भइरहेको छ ।’

घ’टनास्थलमा प्रहरीसहित फरेन्सिक विज्ञ टोलीसमेत खटिएको र प्रहरीले शवपरीक्षणसँगै भिसेरा परीक्षणसमेत गर्ने भएको छ । विष वा लठ्याउने अन्य कुनै औषधीको प्रयोगबाट मृ त्यु भएको हो वा होइन भन्ने कुरा भिसेरा परीक्षणमार्फत पत्ता लाग्छ ।

मृ’तकका आफन्तले आज महानगरीय प्रहरी वृत्त थिमिमा घ’टनाको सत्यतथ्य छानिबिन गरी दो’षीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएको थिमि वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कँडेलले जानकारी दिए ।

चार दिनअघि मृ’तकका परिवारले किराना पसल खोलेको र दिउँसोदेखि पसल बन्द रहेको जानकारी दिँदै स्थानीयवासीले निषेधाज्ञाका कारण उनीहरु बाहिर आए/नआएको याद नभएको भनाइ छ ।

रासस

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार