• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

भक्तपुर ह’त्या प्रकरण : कुकुर कसरी मर्याे ?


भाद्र २७, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको श’व भेटिएको प्रकरणमा श्रीमती र छोराको ह त्या पछि ३६ वर्षीय सुदिप अधिकारीले आ त्म ह त्या गरेको हुनसक्ने देखिएको प्र’हरीले जनाएको छ ।

दुई जनाको सुतेकै अवस्थामा धारिलो ह’ति’या’र प्रयोग गरी ह त्या गरेर सुदिपले वि’ष सेवन गरी आ त्म ह त्या गरेको हुनसक्ने प्रहरीको अनु’सन्धानले देखाएको हो ।

शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अ’प’रा’ध महाशाखाको टोली अ’प’रा’धस्थलमा पुगेको थियो । त्यसक्रममा सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको श’व भेटिएको थियो ।

प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई पनि छानविनका लागि अपराधस्थलमा बोलाएको थियो । त्यसक्रममा सम्झना र सुशान्तको मृ त्यु केही दिन पहिले नै भएको पाइएको छ ।

‘पहिलो तलामा सुशान्त र दोस्रोमा सम्झनाको श’व भेटिएको थियो, भित्तामा समेत र ग त को छि’र्का देखिएको थियो’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘फरेन्सिक विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा दुवै जनाको टाउकोमा गहिरो चो’ट देखिएको थियो ।’

स्रोतका अनुसार घरमा रहेको दाउ जस्तो धा’रि’लो ह’ति’यार प्रयोग गरेर आमा–छोराको ह त्या भएको हुनसक्ने देखिएको छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार दुवै जनाको श’व सडिसकेको अवस्थामा भेटिएको थियो । त्यसैले कम्तिमा दुई दिनअघि आमा–छोराको ह’त्या भएको हुनसक्ने देखिएको अधिकारीहरुको भनाइ छ । यद्यपि, यसबारे यकिन विवरण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र प्राप्त हुनेछ ।

घटनाकाे प्रकृति कस्ताे थियाे 

मथिनपा–६ कुण्डोल बस्ने मृ’तक सुदीपका भाइ सुनिल अधिकारी शुक्रबार अपराह्न दाजुको घरमा मासु पुर्याउन जाँदा दाजुका सबै परिवार मृ’त देखेपछि घ’टनाबाहिर आएको थियो ।

सुनिलका अनुसार घरको मूल ढोका केही खुलेको थियो । बाहिरबाटै दाजुलाई बोलाउँदा नबोलेपछि भित्र गएका थिए । भित्र जाने बित्तिकै केही गन्ध आयो । घरको मूल ढोकाको ताल्चा साँचो ढोकाभित्रको प्यासेजमा राखिएको मोटरसाइकल माथि थियो ।

भाइ सुनिल माथि जाँदा दोस्रो तलाको भर्याङको प्यासेजमा सेतो कुकुर मरिरहेको थियो । दोस्रो तलाको दाजुको कोठामा हेर्दा भाउजू सम्झना खाटको ओछ्यानमा मृ’त देखेपछि आत्तिँदै माथिल्लो कोठामा जादा त्यहाँ पनि भतिज सुशान्त ओछ्यानमै मृ’त्यु भएको देखे ।

त्यसपछि माथि जाँदा भान्छाभन्दा बाहिर कौसीमा निस्कने ढोकाको प्यासेजमा घोप्टो परेर दाजु सुदीपको पनि श’व देखे । गत आइतबार सोह्रश्राद्धमा सबै परिवार भेट भएको थियो । शुक्रबार दाजुको परिवारलाई मासु पुर्याउन आएका भाइ सुनिलले दाजुको परिवार सबैलाई मृ’त देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

कुकुरलाइ कसले मार्याे

सुदीपले श्रीमती र छोराको ह त्या गरेको केही दिनपछि विष सेवनबाट आफैँले आ त्म ह त्या गरेका हुन् कि भन्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

सुदीपको हातमा वि’ष लागेको देखिन्छ । कुकुरले पानी खाने भाँडामा झिंगा र किरा मरेको भेटिएको छ । कुकुरलाई पनि विष घोलेको पानी खुवाएर मा’रेको हुनसक्ने बताइएको छ ।

हत्यापछि कात्रो ओढाए 

आसपासको सिसिटभी फुजेटमा पछिल्लो सयम सो परिवारको कुनै ओहोर–दोहोर देखिएको छैन् । श’व कुहिएको हुनाले अनुसन्धानमा प्रहरीले कुकुरको प्रयोग गरेको छैन् ।

‘सिसिटिभी फुटेज हेर्दापनि बाहिरबाट कसैले आएर ह त्या गरेको अहिलेसम्म देखिएको छैन्,’ महाशाखाका एसएसपी थापा भन्छन्– ‘थप अनुसन्धान हामी गर्दैछौं ।’

किचन सँगैको ट्वाइलेटमा सुदीपले ‘भोमिट’ गरेको भेटिएको छ । प्रहरीले परीक्षणका लागि सो ‘भोमिट’ विधिविज्ञान प्रयोगशालामा पठाएको छ । पसलमा सामान किन्न गएकी एक महिलाका अनुसार भदौ २२ गतेबिहान सुदीप पसलमा थिए । त्यसपछि यता उनको पसल बन्द थियो ।

त्यसअघि नै उनको छोरा र श्रीमतीको ह त्या गरेको हुनसक्ने प्रहरीको आंकलन छ । छोराको हत्यापछि उनले ‘राम राम’ लेखेको पिताम्बर ओढाए । श्रीमतीलाई पनि बुट्टा भएको सेतो कात्रोले छोपिदिए ।

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार