• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

…जब काठमाडौंको सडकमा विमान गुड्यो



भाद्र २७, काठमाडौं ।
शनिबार साँझ काठमाडौँको सडकमा नेपाली सेनाको जहाज गुडेको छ ।

नेपाली सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाउँदै दरबारमार्गस्थित नारायणहिटी संग्राहलय लगिएको हो ।

भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको जहाज नारायणहिटी संग्राहलय लगिएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

उनले भने, ‘जहाजको पार्टपुर्जा निकालेर गुडाउँदै लगिएको छ ।’ उनले भने, एभ्रो एयर क्राफ्टको जहाज सडकमा गुडाएरै आज रातिसम्म नारायणहिटी संग्रालय पुर्याइनेछ ।

गुडाउँदै लैजाने क्रममा तीनकुनेस्थित गैह्रीधाराको मोडमा जहाज ठोक्किएको छ । जहाजलाई पाँच भागमा विभाजन गरेर खोलिएको पौडेलले जानकारी दिए ।

‘आउट अफ फेज’ भएको जहाजलाई नारायणहिटी संग्राहलय पुर्याएपछि ‘एसेम्बल’ गरिने पौडेलले बताए ।

सो विमान विमानस्थलबाट संग्राहलयमा लैजान सेनालाई अनुमति दिइएको थियो । गत वर्ष नै रक्षा मन्त्रालयले पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो ।

यो विमान वि. सं. २०३१ मा नेपाल ल्याइएको थियो । यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए ।

यसअघि नै राजा वीरेन्द्रले प्रयोग गरेका हेलीकोप्टोर संग्राहलयमा लगिसकिएको संग्राहलयका प्रमुख भेषनारायण दहालले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार