• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

उनले मुसुक्क मुस्कुराउँदै ढिला गर्नु हुँदैन है भनिन्


लेखनाथ ओली

लेखनाथ ओली

बितिरहेको समयसँगै हरेक साँझमा विभिन्न साथीसंगी सँग विभित कुरामा च्याट हुने गर्थ्यो। जसमध्ये प्राय केटि साथीहरुसँग अलि धेरै बोलिन्थ्यो। बोल्दाबोल्दै कतिपय साथिहरु सँग अलि नजिक भैइन्थो भने कतिपय साथिहरु केही कुरामा सिमित भैहाल्थो ।

मेरो फेसबुक प्रति दिनहुुँ लगाब र व्यवस्थाता बडदै गयो । हरेक साँझ केही नजिका साथिहरुलाइ बिस्तारै म्यासेज कल हुँदै भिडियो कलसम्म गरिथ्यो । यसरी नै मेरो दैनिकि चल्दै थियो।

एकदिन आकस्मत एकजना नजिककै साथीबाट प्रेम प्रस्ताव आयो । केहीबेरसम्म म निशब्द भए र उसले गरेका ती च्याटहरु टुलुटुलु हेर्दै बसे । त्यति बेला म यस्तो संघारमा उभिएको थिए कि न पछाडि हट्न सक्थे नत अगाडि नै बडन सक्थे । केही छिनपछि उसको अर्को म्यासेज गर्दै भनि यो म्यासेज १० जनालाइ पठाउ तिमिले सोचेको कार्य पूरा हुने छ।

त्यसपछि मैले गिज्ज हाँसेको इस्टिकर सेड गरे तर मेरो खुसी लामो समय टिक्न सकेन । मनमा अनेक थरिका कुराहरु खेलाउन थाले । त्यो दिन म केही खुसि केही दुखी अनि केही उत्साहित पनि थिए । किनकी जिवनमा कसैले पहिलो पटक प्रेम प्रस्ताव राखेको थियो । त्यो रात मलाइ समयमै निद्रा पनि आएन।

यसरी नै दिनहुँ दिन मेरो र फेसबुकको सामिप्यता बडदै गएको थियो । यतिसम्मको लत भैसकेको थियो कि म कुनै काम गर्दा, खाना खाँदा, अनि बाटोमा हिन्दा जे गर्दा पनि त्यही इनबक्समा मेरो सम्पुर्ण ध्यान केन्द्रित हुन्थ्यो।

बिस्तारै उमेर पनि बड्दै थियो । अनि भबिस्यको चिन्ता पनि बडदै थियो । तर मेरो लत भने उहीँ पुरानै इनबक्स नियाल्दै बस्ने नै थियो । यसरी नै मेरो दैनिकी गुज्रीरहेको थियो । फेसबुकमा नयाँ साथी बनाउने क्रम पनि तिब्र रुपमा अगाडी बडिरहेको थियो ।

एकदिन मैले मन पराएकी एउटी केटि साथीको फ्रेन्ड रिकोइस्ट आएको देखे केही समय त मलाइ विस्वास नै लागेन । म त्यो रिकोइस्ट हेर्दै मनमा अनेक कुरा खेलाउदै बसे । यस्तोसम्म सोच्न भ्याए कि उसले पनि मन पराउदि रहेछ र त मलाइ फ्रेन्ड रिकोइस्ट पठाएको होला । नत्र किन पठाउथि र अन्त्यमा त्यो रिकोइस्ट कत्ति पनि ढिला नगरि एसेप्ट गरिहाले र मनमा छुटै उत्साह थपियो।

मेरो मनले सोच्यो अहिले नै म्यासेज गरिहालौ तर आज गर्दिन भनेर त्यो दिन म च्याट गर्ने कुरा देखि पछि हटे। भोलिपल्ट बिहान अरु दिन भन्दा चाँडै उठे अनि सब भन्दा पहिले मेरो आँखा फेसबुकको च्याटबक्समा गयो ।

च्याट बक्समा केहि म्यासेज आएका थिए । मेरो मनले भन्दै थियो । एउटा म्यासेज उनको होस। हतारहतारमा च्याट बकस खोले र सबै भन्दा पहिले मेरो आखाले उनको नाम खोजिरहेका थिए ।

मेरा आँखा असफल भए उनको म्यासेज भेटाउन सकेन्न । म केही दिन उनको च्याटको प्रतीक्षा बसे तर च्याट न आएपछि म नै कुरा सुरु गर्ने सुरमा पुगे र टाइप गरे हेलो के छ भनेर ….। च्याट गरेको केही समयपछि उताबाट प्रतिउत्तर आयो हजुर ठिक छ हजुरको नि…..।

यसरी नै कुरा गर्दै हाम्रो पहिलो दिन भएकोले होला केही कुरा गरि सकेपछि बोल्दै गरौला है भन्दै हामी ओझेल परेउ । अब हाम्रो दिनहुुँ जसो कुरा हुना थाल्यो । जिस्काउने रिसाउने  देखि एक अर्काको समस्याहरु दुबै मिलेर समाधान गर्ने सम्मकाे कुरा भयाे ।

बिस्तारै हामी यस्तोसम्म गर्न थालिम कि हामिले दैनिक गर्ने कामलाइ गर्न छाडेर त्यही च्याट मै व्यस्त हुन्थिम । यसरी दिनहुँ कुरा भए पनि मैले मेरो मनको पोको फोर्न सकेको थिएन ।प्रयास नगरेको पनि हैन धेरै पटकको प्रयास असफल भैसकेको थियो ।

एकदिन मैले जिस्किदै भने हामी भेटौन ? कस्तो भेट्न मन लागेको छ भनेर तर उताबाट प्रति प्रश्न खडा भयो भेट्ने केही काम छ र …? एकछिन मलाइ के भन्नू भन्नू भयो । अनि सोचे उम्म काम छ भनेर मनको कुरा भन्दिम जस्तो तर फेरि के काम छ भनेर सोधे केछ भन्नू भनेर फेरि जिस्किदै भने अब तिमिलाइ भेट्न पनि काम नै बनाउनु पर्यो हैन ।

सँगै हाँसेको स्टिकर पनि पठाए । त्यो दिन हाम्रो भेट्ने कुरा टुंगो नै नलागेर कुराकानी सकियो । मैले उनिसँग कुरा गर्न सुरु गरे देखि फेसबुकका अन्य साथिहरुसंग कुरा गर्न बिस्तारै छोडिसकेको थिए ।

उनी कहिले अनलाइन नहुँदा फोन गरेनै अनलाइन बोलाएर हाम्रो कुरा हुन्थ्यो । यस्तै अंग्रेजी महिना जनवरिको अन्त्य तिर फेरि मैले भेटने प्रस्ताव गरे । त्यो दिन पनि उनी सजिलै भेट्न तयार भैनन ।

उनको केही सर्तहरु मैले मान्ने भएपछि हाम्रो भेट्न हुने भयो । सायद म जीवन त्यति धेरै खुसी भएको दिन सायद पहिलो थियो होला । मनमा निकै डर पनि थियो किन कि मैले भेटेर मनमा छताछुल्ल भएको मनको कुरा भन्नू थियो ।

अनि उनले सोधिन कहिले भेट्ने त हँ.. ? मैले भने भोलि नै भेटौ नत उनले भोलि नै भनिन मैले उम्म जवाफ फर्काए । तर उनले भोलि नहुँने कुरा गरे पछि मैले ‘भ्यालेन्टाइन डे’ काे दिन पर्ने गरि मिति तय गरे उताबाट हुन्छ भने पछि भेट्ने ठाँउको पनि एकिन गरेर हामि त्यो दिन ओझेल परिम ।

मलाइ त्यो दिन कहिले आउला भनेर कौतुहल्ता लागिरहेको थियो। दिन गन्दै बसिरहेको थिए । भ्यालेन्टाइन डे को अघिल्लो दिन साँझ म खाना खाएर सधै झै अनलाइन आए र पहिले नै उनको म्यासेजमा आँखा गयो ।

त्यहाँ लेखिएको थियो । बुद्दु भोलि त भ्यालेन्टाइन डे रहेछ नि । हामी भेट्ने र ? अनि मैले लेखे पागल्नी हामी भ्यालेन्टाइन डे का दिन भेट्नु हुदैन र हँ । उता बाट जिस्काउदै उनले लेखिन हजुरको विशेष मान्छे रिसाउलान नि फेरि.. ? मलाइ भन्न मन त थियो तिमी नै त हो नि मेरो विशेष मान्छे तर म कहाँ भन्न सक्थे र यस्तो कुरा । मैले त्यस्तो नि है भने अनि भोलि चाँडै आउ है ।

उनले म त आउँदिन भन्दै हाँसेको इस्टिकर पठाइन । मैले है भन्दा । उनले उम्म भन्दै फेरै हाँसेको स्टिकर पठाइन् । अनि मैले सुतौं है भोलि चाँडै उठनु छ भने उनले पनी सहमति जनाइन । अनि हामी सुत्यौ ।

बिहान उठने बितिकै मेरो पहिले आँखा फेसबुकमा नै गयो । त्यहा जताततै भ्यालेन्टाइन डे को शुभकामना छताछुल्ल थिए । छन त मलाइ पनि उनैको फोटो हालेर शुभकामना दिन मन थियो तर पनि मैले त्यो गर्न सक्दैन्थे ।

म भेट्न जाने तयारिमा लागे । घर सोधै थिए कहाँ जाने होस र तयारी गरिरहेको छ्स भनेर । मैले जवाफ दिए म साथिहरुलाइ भेटन जान लागेको छु भनेर । घरमा पहिलो पटक झुट बोलेर केटि भेट्न जाँदै थिए। बाटोमा केही डर केही खुसी केही उत्साहका साथ भनेको ठाउ र समयमा नै पुग्ने गरि लम्की रहेको थिए ।

म उनी भन्दा अगाडि पुगेको थिए। केही समय कुरे पछि उनी लजाउदै म भएको ठाउँ तिर आइन अनि हामी एक अर्काको समिपमा बसेर जिस्कदै अनेक थरी कुरा गर्न थालिम। उनले जिस्काउदै भनिन आज कति जनालाई प्रपोज गर्नु भयो त ।

अनि मैले मुस्कुराउदै अहिलेसम्म गर्न सक्या छैन भनेर जवाफ फर्काए । उनले मुसुक्क मुस्कुराउदै ढिला गर्नु हुदैन है चाँडै भन्नू फेरि उसलाइ अरु कसैले प्रपोज गर्देला नि फेरि…।

म पनि नमिलेको दात देखाउदै मुसुक मुस्कुराउदै भन्ने आजै गर्छु क्या । उनले जिस्काउदै भनिन आजै पो हो । लौ शुभकामना… । तर उनिलाइ के थाहा मैले उनलाइ  नै प्रस्ताव गर्ने हो भनेर ।

करिब २/३ घण्टा त्यस्तै जिस्किदै चल्दै बितिहाल्यो तर मैले मनको कुरा भन्न सकिन। त्यो दिनको प्रयास पनि असफल भयो । मन भारी बनाउदै हामी आफ्नो आफ्नो बाटो लागिउ ।

त्यो दिनकाे साँझ उनको म्यासेज आयो ‘भन्नू भयो त ?’  तर मैले भन्न सकेको कहाँ थिए र। मैले जवाफ फर्काए ‘नाइ…’ । हाम्रो दैनिकि यसरी नै बितिरहेको थियो ।

मैले मेरो मनको पोको उनको सामु फोर्न सकेको थिएन । एकदिन अचानक उनको फोन आयो अनि उनि खुसी हुँदै भनिन एउटा खुसीको कुरा छ सुन्नुहुन्छ । मैले कसरी नाइ सुन्दिन भन्न सक्थे र मलाइ लाग्यो आज उतैबाट प्रेम प्रस्ताव आउन लाग्यो कि क्या हो ।

मैले भन्ने भन न के खुसीको कुरा हो म यहाँ सुन्न आतुर भैसके । उनले भनिन मेरो बिहे हुने भयो नि मेरो बिहेमा तपाईं जसरी पनि आउनु पर्छ है… । म आकाशबाट खसे झै भिडबाट लडे झै भए एकछिन म केही बोलिन ।

फेरि उनले भनिन जसरी पनि आउनु पर्छ है भनेपछि म हुन्छ भन्दै उनको कुरामा सहमति जनाए र फोन राखिदिए।

मलाई त्यो दिनबाट फेसबुक नै चलाउन मन लाग्न छाड्यो । चलाउन मन पनि कसरी लागोस म जो संग दिनहुँ कुरा गर्न अनलाइन आउथे उ संग कुरा गर्न नमिल्ने भएपछि यदि फेसबुक खोलिहाले पनि उनीसंग गरेका पुराना ती म्यासेजलाई नियाल्दै दिनहरु बित्थे ।

उनको बिहेको दिन जति नजिकिदै थियो म त्यति नै कमजोर हुँदै थिए । दिनहरु बित्दै थिए । उनको बिहेको दिन पनि नजिकिदै थियो । म कसरी जाना सक्थे र उनको बिहेमा म बिहेमा नजाने निर्णय गरे।

बिहेको अघिल्लो दिन उनको फेरि फोन आयो र उनले पुरानै अनुरोध दोहोर्याइन् । भोलि जसरी पनि मेरो बिहेमा आउनु है भनेर । मैले मन थाम्नै सकेन्छु रुञ्चे स्वरमा म आउन सक्दिन भनेर जवाफ फर्काएछु।

उनले भनिन हजुरलाइ के भयो हँ । मैले आफुलाइ सम्हाल्दै केहि भएको छैन भन्ने जवाफ फर्काए अनि फोन राखिदिए । उनिले धेरै पटक फोन गरिन तर मैले फोन उठाउन सकिन किन कि बिहेमा किन न आउने भन्ने प्रश्नको उत्तर म सँग थिएन ।

बिहेको दिन पनि आयो म कसरी हेर्न सक्थे र उनको सिउँदो अरु कसैले रंगाएकाे । त्यो दिन मलाइ त्यही एउटा कुरा मात्रै मेरो दिमागमा खेलिरहेको थियो पहिले भेटमा उनले “ढिला नगर्नु है अरु कसैले गरिदेला नि फेरि” भनेको । मैले त्यही दिन बुझे समय के हो भनेर ।

याे कथा काल्पनिक कथा हाे, याे कसैकाे जिवनमा मेल खान गएमा संयाेग मात्र हुनेछ

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार