• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

दाङमा बिहान ६ देखि साझ ७ बजे सम्म लकडाउन खुल्यो


दाङ, २८ भदौ 
कारोना रोकथामका लागि गरिएको दाङमा जारी आंशिक लकडाउन खुकुलो पारिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्ला जारी आंशिक लकडाउन खुकुलो पारिएको हो ।

बैठकले भोलिदेखि बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म व्यापार व्यवसाय संचालनमा आउने भएका छन् । रातीको समयमा भने पूर्णरुपमा लकडाउन गरिने भएको छ ।  कोरोना संक्रमण समुदायस्तरमा फैलिदै जान थालेपछि जिल्लामा भदौ १५ गतेदेखि पूर्ण रुपमा लकडाउन गरिएको थियो ।

एकसाताको पुर्णरुपमा लकडाउन गरेपछि भदौ २१ गते आजसम्मका लागि आंशीक लकडाउन गरेको छ । दैनिक बिहान ६ बजेदेखि मध्यान्न १२ बजेसम्म बजार संचालन हुँदै आएकोमा जारी आंशीक लकडाउनलाई खुकुलो बनाएको जिल्ला संकट व्यवस्थापन केन्द्रका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

जिल्लामा सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने र व्यवसाय पनि संचालन गर्न दिने निर्णय गरिएको प्रजिअ रिजालले जानकारी दिनुभयो ।  लकडाउन खुकुलो पारिएपनि गोष्ठि, सभा, सम्मेलन, जुलुस, महोत्वस, जात्रा र कुनै पनि किसिमका भिडभाड हुने क्रियाकलापमा पूर्णरुपमा रोक लगाइएको छ ।

उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरुको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै क्याम्पमा राख्ने व्यवस्था सामग्री सम्बन्धित उद्योग, कलकारखाना आफैँले प्रबन्ध गर्नुपर्ने छ ।

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार