• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

भर्खरै सल्यान आएका नयाँ डिएसपी भन्छन् ‘हामी न्यायलाइ बिक्री गर्दैनाैं’


गणेश खड्का

गणेश खड्का/ भाद्र २८, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ कार्यालय प्रमुखको जिम्मेवारी लिएर आएका प्रहरी नायव उपरीक्षक (डिएसपी) गोबिन्द थापाले आफ्नो कार्यालयबाट न्याय बिक्री नहुने बताएका छन ।

आइतबार सल्यान जिल्ला स्थित पत्रकारहरु बिच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कसैको दबाब र प्रभावमा आएर आफुले काम नगर्ने बताएका छन। कानुन सबैलाई लाग्ने बताउदै उनले कानुनको पालना गर्न आग्रह गर्दै निस्पक्ष रुपमा काम गर्ने बताए।

सत्य,सेवा र सुरक्षा प्रहरी संगठनको मुलमन्त्र भएको बताउदै उनले सत्यमा आधारित भएर छिटो छरितो सेवा प्रवाह गर्ने र नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुती गराउने बताएका हुन ।

जिल्ला बासिको शान्ती सुरक्षाको लागि कुनै कसर बाकी नराख्ने उनले बताएका छन। सबैको सहयोगबाट समृद्ध समाज निर्माण हुने भन्दै सहयोगको आग्रह गरे। सत्य,सेवा र सुरक्षा प्रहरी संगठनको मुलमन्त्र भएको बताउदै उनले सत्यमा आधारित भएर छिटो छरितो सेवा प्रवाह गर्ने र नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुती गराउने समेत बताएका छन।

कार्यक्रममा सल्यान जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था र कोभिड १९ लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार