• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

आफैले चलाएकाे टिप्परले ठक्कर दिदाँ आफ्नै आमाकाे ज्यान गयाे


भाद्र २८, नवलपरासी । टिपरले ठक्कर दिंदा पश्चिम नवलपरासीमा सोही टिप्पर चालककी आमाको ज्यान गएको छ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नं. ४ बेलारीमा पार्किङ गरी राखेको टिपर निकाल्ने क्रममा शनिबार साँझ सोही टिप्पर चालककी आमा स्थानीय खेमकुमारी थापाको ज्यान गएकाे हाे ।

चालक २८ वर्षीय गोबिन्द थापाले घरको कम्पाउण्डमा पार्किङ गरेर राखेको लु २ ख २२५९ नं. को टिप्पर निकाल्ने क्रममा आफ्नै आमा ६० वर्षीया खेम कुमारीलाई थापालाई ठक्कर दिएका थिए।

प्रदेश ५ प्रहरी कार्यालयका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते थापाको शनिबार राति पौने ९ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृ त्यु भएको हो।

आफैले चलाएको टिपरले आमालाई ठक्कर दिएपछि चालक गोबिन्दले सोही टिपरमा राखी अस्पतालमा ल्याएका थिए। अहिले ईलाका प्रहरी कार्यालय सुनवल नवलपरासीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार