• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

पहिरोले घर पुरिँदा पर्वतमा बालिकाको मृ’त्यु


भदौ २९, पर्वत । फलेवास नगरपालिका–४ मुडिकुवामा पहिरोले घर पुरिँदा तीन बर्षीया बालिकाको मृ त्यु भएको छ ।

वडाध्यक्ष टीकाराम भुसालका अनुसार आइतबार रातभर भएको अविरल वर्षापछि स्थानीय भुकेखोलामा बढेको भेलसँगै आएको पहिरोले सिर्सुवाका नवीन विकको घर पुरिँदा बालिकाको मृ त्यु भएको हो ।

पहिरो आएको थाहा पाएपछि परिवारका अन्य सदस्य भाग्न सफल भए पनि ती बालिका पहिरोमा परेकी थिइन् । उनको शव निकालिएको वडाध्यक्ष भुसालले बताए । पहिरोमा पशु चौपाया पनि पुरिएका छन् ।

पहिरोले नवीनको घरभन्दा तल रहेको थानेश्वर भुसालको घर र गोठमा क्षति पुर्याउनुको साथै धान खेती पनि पुरेको छ । मुडीकुवाकै अर्को ठाउँ चुरीमा पनि पहिरो जाँदा रामप्रसाद तिवारीको गोठमा बाँधिएका चौपाया मरेका छन् ।

वडाध्यक्ष भुसालले मुडिकुवाका विभिन्न ठाउँबाट घरहरू पहिरोको उच्च जोखिममा परेको भनी आफूलाई खबर आएको पनि बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले पनि घटनाहरुको विषयमा जानकारी संकलन गर्ने काम भइरहेको बताउँदै मुडिकुवाको पहिरोमा प्रहरीले उद्धार गरिरहेको र परा विवरण आउन बाँकी रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार