• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

दाङमा अत्याधिक वर्षा : खाेलाले गाडी बगायाे, बग्दै गरेकाको उद्धार


भाद्र २९, दाङ । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत हापुर खोलाले गाडी बगाएको छ । सोमबार विहान चितवनबाट आएको ना ४ ख १४४६ नम्बरको ब्रोइलर कुखुराका चल्ला बोकेको गाडीलाई खाेलामा आएकाे बाढीले बगाएकाे हाे ।

खाेलाले गाडी बगाउँदा ब्रोइलरका सातसय कुुखुराका चल्ला बगेर गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । जसबाट तीन लाख बराबर क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार चालक र सहचालकलाई भने प्रहरीले उद्दार गरेको छ ।

पानी ठुलाे पर्दा बिहानै देखि यहाँ सवारी साधनहरु पनि रोकीएका छन् । यता जल तथा मौसम विभागले दाङ सहित विभिन्न स्थानमा बर्षा भईरहेकाले नदी तथा तटिय क्षेत्रका बासीले सजगता अपनाउन आग्रह गरेको छ । दाङमा गएराती देखी विभिन्न स्थानमा बर्षा भएको छ ।

बग्दै गरेकाको उद्धार

त्यस्तै दाङकाे चौवा खोलामा बगिरहेका एक जनालाई स्थानीयले उद्धार गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुर निबासी ५६ बर्षका रेशम नेपालीलाई बिहान सवा आठ बजे चौवाखोलाले बगाएको थियो । करिब पाँच सय मिटरसम्म बगेका उनलाई बेहोस अवस्थामा उद्धार गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

टाउको, मुख तथा शरिरका विभिन्न भागमा बज्जारिएर चोट लागेर बेहोस भएका नेपालीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

कुखुराको फर्म बगायाे

त्यसैगरी तुलसीपुर ८ काे चमेरे खोलामा आएको बाढीले स्थानीय राजकुमार वलीको कुखुराको फर्म नै बगाएको छ।

वलीको २२ दिनका एक हजार बढी चल्ला र १०  बोरा दाना बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएकाे छ ।त्यसवाट वलीको चार लाख बढीको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएकाे छ ।

घरमा चट्याङ

त्यस्तै आईतबार रातिदेखि परेको लगातारको बर्षाले दाङका दुई घरमा क्षति पुर्याएको छ । घोराही उपमहानगरपालिका वडा नं.१० खैराका दुई घरमा बाढी पस्दा भत्किएको प्रहरीले बताएको छ । मानबिय क्षति नभएपनि अन्नतपात, लत्ताकपडामा भने क्षति पु-याएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार