• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

उनको प्रीति पैले होकी ,मेरो प्रीति पैले भन्दै रचना र प्रविन (भिडियोसहित)


भदौ,२९ दाङ । राष्ट्रकवि माधव प्रसाद घिमिरेको रचनामा ”उनको प्रीति” बोलको गित सार्बजनिक भएको छ । गितमा नारायण रायमाझीको संगीत,बि.बि.अनुरागीको संगीत संयोजन रहेको छ । कवि घिमिरेले २०२४ साल बैशाख १२ गते सृजना गरेको उक्त गित पहिलो पटक २०६० साल मंसिरमा गायक जगदिस समाल र सपना श्रीले रेकर्ड गरेका थिए ।

उक्त गितलाई अहीले नया भर्सनमा रेकर्ड गरिएको छ । गितमा नेपाल आईडल सिजन ३ को टप ८ सम्म पुग्न सफल गायिका रचना रिमाल र नेपाल आईडल सिजन ३ को फस्ट रनर अफ हुन सफल गायक प्रविन बेडवालले स्वर भरेका छन ।

श्याम श्वेत रसाईलीको मिक्सिङ्ग,रत्न बिकको बासुरी,विर्मा खड्काको मेकअफ,रहेको जुन गितलाई मिराज अर्यालले छायाकंन तथा सम्पादन गरेका छन । गितमा उदिराम खड्का,बिन्दु खड्का,बिबेक खड्का,मनोज खड्का,राकेश सोनी आदि कलाकार छन । गित आज सोमबार मात्रै रीमा इन्टरटेनमेन्ट नेपालको युटूब चेनल मार्फत सार्बजनिक भएको हो ।  भिडियो: 

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार