• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

कोरोना संक्रमणबाट पूर्वमन्त्रीको निधन


भदौ २९, काठमाडाैं । भारतमा पूर्वमन्त्री चनेश राम राठियाको ७८ वर्षको उमेरमा निधन भएको छ । आइतबार राति अबेर उनको निधन भएको हो ।

फोर्टिस अस्पतालमा उपचार गराइरहेका उनमा कोरोना संक्रमण भएको थियो । सोमबार बिहान स्वास्थ्य विभागका टोलीले उनको अन्तिम संस्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वासप्रश्वासमा समस्या भएपछि रायगढको जिन्दल अस्पतालमा बिहीबार भर्ना गरिएको थियो। त्यहीँ उनमा कोरोना भएको रिपोर्ट आएको थियो । आइतबार राति १ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।

राठिया अविभाजित छत्तीसगढ र मध्यप्रदेशको सरकारको मन्त्री बनेका थिए । मध्य प्रदेशका मुख्यमन्त्री दिग्विजय सिंहको पालामा उनी मन्त्री भएका थिए। पछि त्यहीँ छत्तीसगढ बनेपछि उनी त्यहीँको खाद्य तथा संस्कृति मन्त्री बनेका थिए ।

प्राथमिक विद्यालयका शिक्षक राठिया १९७२ को निर्दलीय चुनावबाट राजनीतिमा उदाएका थिए। पछि १९७७ मा कांग्रेसबाट टिकट पाएर उनले विधानसभा चुनाव जितेका थिए ।

राठिया सन् १९७७ देखि देखि २००३ सम्म लगातार ६ पटक रायगड जिल्लाको धरमजयगढ क्षेत्रका विधायक थिए । उनका जेठा छोरा लालजित सिंह राठिया हाल धरमजईगढ क्षेत्रबाट विधायक छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार