• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

म्युजिक भिडियाेमा राष्टिय झण्डा जलाउने ८ जना रिहा


भाद्र २९, काठमाडाैं ।  म्युजिक भिडिओमा राष्ट्रिय झण्डा जलाउने मुख्य आरोपी पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ। आइतबार जिल्ला अदालत काठमाडौंले पक्राउ परेका नौ जनामध्ये मुख्य आरोपी गेल्जङ दोर्जे तामाङलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।

त्यस्तै, म्युजिक भिडियाे बनाउनमा संलग्न आठ जना भने रिहा भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

त्यसमध्ये तीन जना १५/१५ हजार धरौटी बुझाएर छुटेका हुन् भने अन्य साधारण तारेखमा छुटेका हुन्।

भदौ १ गते एक युट्युव च्यानलमार्फत् ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो। त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडिओ थियो।

त्यसको चौतर्फी विरोध भएपछि प्रहरीले यसमा संलग्न गायक तामाङसहित नौ जनालाई पक्राउ गरेको थियो। उक्त म्युजिक भिडिओ मकवानपुरको बागमती गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको थियो।

राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ। अदालतले यस मुद्दाको अन्तिम फैसला भने गर्न बाँकी छ।

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार