• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

प्राध्यापकले मध्यरात सहकर्मी महिलालाई फोनमा याै’नका कुरा गरेपछि…


भाद्र २९, काठमाडाैं । सुनसरी को इटहरीस्थित जनता बहुमुखी क्याम्पसका प्राध्यापक राजन भट्टराई निलम्बनमा परेका छन् । क्याम्पस सञ्चालक समितिको बैठकले प्राध्यापक भट्टराईलाई दुई महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको समिति सदस्य प्रमोद भट्टराईले बताए ।

उनका अनुसार साउन २८ क्याम्पसमा अध्यापन गराउँदै आएकी एक महिला सहकर्मीलाई मध्य रातमा टेलिफोन गरी यौ’न दु’र्व्यव’हारको घटना दु र्व्यव हारजनक लवजले सुनाएको भन्दै उनले भट्टराईलाई कारबाहीको लागि क्याम्पस प्रशासनसँग माग गरेकी थिइन्।

साथै, घटनाका विषयमा विद्यार्थी संगठनको तर्फबाट आन्दोलनका कार्यक्रम समेत भएका थिए । ती सबैलाई सम्बोधन गर्दै प्राध्यापक भट्टराईलाई २ महिनाको लागि निलम्बन गरिएको हो।

‘दुई महिनाका लागि उनको सेवा सुविधा पनि नपाउने गरी निर्णय गरिएको हो, हामीले सत्यतथ्य के हो बुझेर यो निर्णय गरेका छौं, कारबाहीको माग राख्दै आन्दोलनरत् विद्यार्थीलाई सबै आन्दोलनका कार्यक्रम फिर्ता लिन परिपत्र गरेका छौं,’सञ्चालक समितिका सदस्य भट्टराईले भने।

घटना बाहिरिएपछि विभिन्न विद्यार्थी सङ्गठनहरूले पीडकलाई कारबाही हुनुपर्ने माग गर्दै क्याम्पसमा प्रवेश निषेध सम्मका कार्यक्रम गर्दै आएका थिए।

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार