• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

सल्यान खाेरबारेमा रहेकाे शिशु जागरण माविकाे २ काेठे भवन उद्घाटन


पुष्पा रिजन डिसी/ भाद्र २९, सल्यान । सल्यानकाे बागचाैर नगरपालिका ९ खाेरबारेमा रहेकाे शिशु जागरण माविकाे २ काेठे भवनकाे उद्घाटन गरिएकाे छ ।

आर्थिक वर्ष २०७६/०७७ मा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकाे २० लाखमा २ काेठे भवन र आर्थिक वर्ष २०७६/०७७ मा कर्णाली प्रदेश पुर्वाधार विशेष कार्यक्रम अन्तरगत २० लाख लागतमा गेट तथा फिल्ड निर्माण सम्पन्न भएकाे थियाे ।

उक्त भवन, गेट तथा फिल्डकाे साेमबार प्रदेश सभा सदस्य गुलाव जंग शाहले उद्घाटन गरेका हुन् । कार्यक्रममा बाेल्दै सांसद शाहले देश संघियतामा गई सकेकाेले अब हिजाेकै ढंगबाट नभई नयाँ काेणबाट ३ तहका सरकार मिलेर शिक्षा लगायत विकासका कार्यमा गुरु याेजना बनाइ अगाडि बढनु पर्ने बताए ।

उनले शिक्षा क्षेत्रलाई फलाउने फुलाउने स्थानीय तहकाे नै पहिलाे भुमिमा रहेकाे समेत उल्लेख गरे । त्यसमा प्रदेश र संघिय सरकाले स्थानीय तहलाई भरपुर सहयोग गर्नु पर्ने उनकाे भनाइ छ । शिक्षालाइ आवश्यकतामुखी, स्वराेजगारमुखी ,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विक्रि हुने ब्रान्डको जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष लाेक बहादुर डाँगीकाे सभाअध्यक्षतामा भएकाे कार्यक्रममा बागचाैर नगर उप-प्रमुख कल्पना पुन, नेकपा बानपा कमिटी अध्यक्ष घनश्याम शर्मा, वडा नं.९ का वडाध्यक्ष माेहन चन्द, ८ का वडाध्यक्ष राेमु शाही लगाएतकाे उपस्थिती रहेकाे थियाे ।

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार