• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा एक वडाध्यक्षले स्वर्गिय बुबाकाे सम्झनामा प्रतिक्षालय बनाए


भाद्र २९, सल्यान । सल्यानका एक वडाध्यक्षले आफ्ना स्वर्गिय बुबाकाे सम्झनामा सार्वजनिक प्रतिक्षालय निर्माण गरेका छन् ।

जिल्लाकाे बागचाैर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष माेहन खडकाले आफ्ना स्वर्गीय पिता लालविर खडकाकाे वार्षिक पुन्य तिथिमा लालविर स्मृति सार्वजनिक प्रतिक्षालय बनाएर उदघाटन गरेका हुन् ।

स्वर्गिय लालविर खडकाकी धर्मपत्नी मैमा खडकाकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सल्यान प्रदेश सभा (क) का सदस्य गुलाव जंग शाह, विशिष्ट अतिथि बागचाैर नगर उपप्रमुख कल्पना पुन, बानपा १२ का वडाध्यक्ष दिपक वलि, नेकपा बानपा कमिटी अध्यक्ष घनश्याम शर्मा लगाएतकाे सशभागीता रहेकाे थियाे ।

स्वर्गिय लालविरका जेष्ठ सुपुत्र टाेप बहादुर खडकाकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा कार्यक्रमकाे सञ्चालन वडाध्यक्ष रहेका छाेरा माेहन खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार