• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

बाल दिवसकाे अवसरमा राेल्पामा विविध कार्यक्रम गरियाे


नवराज राना मगर

नवराज राना मगर / भाद्र ३०, रोल्पा । राष्ट्रिय बाल दिबस २०७७ को अबसरमा त्रिवेणी गाउपालिका ७ हम्पा रोल्पामा रहेको नव कृयाशिल बाल क्लब रोल्पाले पनि बिबिध कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।

क्लब सचिव मनिका वि.क को सभा अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अथिति त्रिवेणी गाउपालिका निमित्त प्रमूख प्रशासकिय अधिकृत  हेमराज उपाध्याय , विशिष्ट अथितिहरुमा सेभ द चिल्ड्रेन त्रिवेणी गाउपालिका प्रमूख  कान्ति खड्का , त्रिवेणी गाउपालिका शिक्षा साखा प्रमुख अमृता बुढाथोकी , त्रिवेणी गाउपालिका महिला वालबालिका तथा समाज कल्याण शाखा प्रमुख  हिरा पुन, लगाएतकाे सहभागीता रहेकाे थियाे ।

वालबालिकाको हकहितको लागि वर्षौ देखि काम गर्दै आइरहेकि सेभ द चिल्ड्रेन त्रिवेणी गाउपालिका प्रमुख कान्ति खड्काले वालबालिका भविष्यका कर्णधार भएकाले वालबालिकालाई शिक्षाबाट वञ्चित नगराउन सबैमा आग्रह गरेकी छन ।

कोरोनाले विश्व नै त्रसित भैरहेको समयमा सम्पुर्ण वालबालिकालाई घरमै पढ्ने उपयुक्त वातावरण मिलाउन सम्पुर्ण अभिभावकहरुमा अनुरोध गरेकी हुन । क्लबका सह- कोषाध्यक्ष निमा बुढाथोकीको स्वागत मन्तव्य सुरुभएको कार्यक्रममा कार्यक्रमको सहजिकरण क्लब अध्यक्ष भरत बुढाथोकीले गरेका थिए ।

आयोजित कार्यक्रमहरुमा १८ वर्ष मुनिका वालबालिकाको खुल्ला हाजिरी जवाफ प्रतियोगिता , बक्तृत्वकला प्रतियोगिता , हिसाब दौड प्रतियोगिता लगाएतका कार्यक्रम भाद्र ३० सम्पन्न हुने क्लबका अध्यक्ष भरत बुढाथोकीले बताउएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार