• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

एकाबिहालै सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गयाे भूकम्प


भाद्र ३१, काठमाडाैं । सिन्धुपाल्चोकमा आज विहान राम्चे केन्द्रविन्दू बनाएर गएको ६ रेक्टर स्केलको भूकम्पको निकै चर्को महसुस भएको छ ।

पछिल्लो केही समय सिन्धुपाल्चोकमा पानीका कारण ठूलाठूला पहिरा गएका छन् । दर्जनौँले पहिरोमा परि ज्यान गुमाइसकेका छन् । बुधबार विहान पनि सिन्धुपाल्चोकको पहिरो बढी जाने जोखिम भएकै क्षेत्रमा भूकम्पको केन्द्रविन्दू भएको छ ।

२०७२ सालमा गएको भूकम्पका कारण पनि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको थियो । त्यति बेलाको भूकम्पका कारण जमीन कमजोर भएको र अहिले पहिरो गएको अनुमान गर्न थालिएको छ ।

आज विहान भूकम्प गएपछि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले सबै सुरक्षा निकायलाई अलर्ट रहन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार