• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा बस दुर्घटना हुँदा १६ जना घाईते


भाद्र ३१, सल्यान । सल्यानमा गाडी दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका छन् । जिल्लाको भोटेचौरबाट श्रीनगर तर्फ गैरहेको ना ७ ख १८४६ नम्बरको शारदा यातायात प्रालिको बस राप्ती राजमार्ग अन्तरगत छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ स्थित भुमेश्वर जिउलामा बुधबार बिहान साढे १० बजे दुर्घटना भएको हाे ।

१७ जना यात्रु सवार गाडी दुर्घटनाबाट ६ जना महिला र १० पुरुष घाइते भएको उद्दारमा खटिएका प्रहरीले बताएका छन । घाइते सबैको अहिले श्रीनगरको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ।

घाइते मध्यका १ जनालाई बढी चोट लागेको छ। उनिलाई थप उपचारको लागि रिफर गर्ने तयारी भैरहेको अस्पताल श्रोतले जनाएको छ। गाडी सडकबाट २० मिटर तल खेतमा खसेको छ। गाडी कसरी दुर्घटना भयो भन्ने जानकारी नभएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ।

घाइते हुनेहरुकाे नाम  

छत्रेश्वरि ६ का नवीन घर्ती
अपेक्षा केसी
तोरन सार्की

कृष्ण चलाउने
बिजय बिक
खिमलाल नेपाली

सन्तोष नेपाली
भक्त केसी
नेत्र मल्ल

छत्रेश्वरी ७ कि राधिका खड्का
भुमिका खड्का

गाडिका सह चालक छत्रेश्वरि ५ का भिमार्जुन केसी

बागगचौर ६ का पदम वलि

जानकी गाउपालिका ५ कैलालिका अमृत चौधरी
साेहि ठाउँकि सुस्मिता चौधरी

 

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार