• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

काठमाडाैंका प्याज व्यापारीले मन्त्रीलाई नै ठगेपछि…


भाद्र ३१, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बुधबार बल्खु र कालीमाटीस्थित तरकारी बजारको छड्के अनुगमन गरेका छन् । भारतले प्याज निर्यातमा रोक लगाएपछि बजारमा चर्को मूल्य वृद्धि भएको गुनासो आएसँगै भट्ट तरकारी बजार पुगेका हुन् ।

झण्डै दोब्बर मूल्यमा प्याज बेचिरहेको सूचना आएपछि मन्त्री भट्टले छड्के अनुमगन गर्न पुगेका उनका स्वकीय सचिव हितेश ओझाले बताए । भट्ट ग्राहकको भेषमा सुरक्षाकर्मी र सरकारी गाडी विना नै उनि बजार अनुगमनमा निस्केका हुन्  ।

मास्क लगाएर भिडभाड विना नै बजारमा प्याज किन्न पुगेका मन्त्री भट्टलाई व्यापारीले ठगे । बल्खु तरकारी बजारमा मन्त्री भट्टले प्याज किन्नुभयो । ४८ रुपैयाँ पर्ने प्याजलाई व्यापारीले एक सय २० रुपैयाँसम्म लिए । मन्त्री भट्टले खल्तीबाट झिकेर पैसा तिरे । उनले चार वटा पसलबाट प्याज किन्नुभयो तर सबै व्यापारीले ठगे ।

आफू ठगिएपछि मन्त्री भट्टले तत्कालै स्थानीय प्रशासनलाई जानकारी गराउनुभयो र बढी मूल्य लिने व्यापारीलाई कारबाही गर्न निर्देशन दिए ।

धेरै मूल्य लिने चार जना व्यापारलाई प्रहरीले पक्राउ गरेर कालीमाटी वृत्तमा लगेको छ । उनीहरुलाई कालोबजारी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

केही व्यापारीले अनुगमन टोललाई प्याज नभएको बताएका थिए।

तर उनीहरुले परिचितहरूलाई भने महँगो मूल्यमा मन्त्रीकै अगाडि प्याज बेचेका थिए । प्याज लुकाउँदै बजार मूल्य भन्दा महँगोमा बेचेको पाइएपछि ७ वटा पसलमा सिल गरिएको छ । ती पसलमा कारवाहीका लागि वाणिज्य विभागलाई जिम्मा दिइएको छ। प्याज लुकाउन प्रयोग भएको एउटा पिकअप भ्यान समेत अनुगमन टोलीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार