• २०७७ कार्तिक ९ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा एउटा गाउँको नाम परिवर्तन गरियो


असोज १, सल्यान । सल्यानमा एउटा गाउँको नाम परिवर्तन गरिएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ मा पर्ने डुम्मारे नामक गाउँको नाम परिवर्तन गरिएको हो । कोरोना महामारिकै समयमा पनि सुरक्षाका सम्पुर्ण उपायाहरु अपनाउदै एक बृहत् गाउँ भेलाबाट नाम परिवर्तन गरि डुम्मारे लाई हटाएर नयाँ नाम नमुना मगर बस्ती घोषणा गरिएको हो ।

मगरहरुको बाहुल्यता रहेको यो बस्तिको नाम उहिले देखि डुम्मारे भएपनी यससको कुनै विशेष अर्थ र ईतिहास नभएकाले नाम परिबर्तन गरिएको वडा नम्बर ४ का वडा सदस्य एवम् सोही गाउँका बासिन्दा तुलसिराम घर्तिले जानकारी दिए । उनले भने “हामिले नाम परिबर्तन गरेर मात्रै यो बस्तिको पहिचान पक्कै पनि बन्दैन तसर्थ अब नयाँ नाम नमुना मगर बस्ती लाई सार्थक र पहिचानमुखी बनाउनका लागि हामी नयाँ ढङ्गबाट काम गर्ने योजना बनाउदै छौ । त्यसपछि मात्रै हामिले आज गरेको यो काम एउटा सुनौलो ईतिहास बन्ने छ।” शिशु कल्याण आधारभुत बिध्यालयको प्राङ्गणमा भएको उक्त कार्यक्रममा वडा नम्बर ४ का सम्पुर्ण पदाधिकारी सहित विभिन्न तह र तप्काका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार