• २०७७ कार्तिक ९ गते आइतवार
  • Preeti To Unicode

गाडीको ठक्करबाट दाङमा एक जनाको मृ त्यु


असाेज २, दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृ त्यु भएको छ ।

मृ त्यु हुनेमा गढवा गाउँपालिका वडा नं. ३ निवासी १८ वर्षीय प्रकाश कुँवर रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

कुँवरको उपचारको क्रममा आज बिहान सवा ७ बजे लमहीमा मृ त्यु भएको हो । उनलाई ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार