• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

पहिला श्रीमतीको ह’त्या, त्यसपछि छोरीलाइ बला’त्कार


असाेज २, दाङ । दाङमा १३ बर्षीया बालिका बला त्कार भएकी छिन् । बंगलाचुली गाउँपालिका–२ मर्पेस निवासी ति बालिका आफ्नै झट्केलो बुबाबाट यौ’न शोषणमा परेकी हुन् ।

पीडित पक्षले बुधवार घोराहीमा पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएको हो । पीडित पक्षका अनुसार उक्त व्यक्तिले विगत २ बर्षदेखि बालबालिकालाई यौ’न शोषण गर्दै आएका थिए ।

डरधम्कीका कारण घटना बाहिर भन्न नसकेका उनीहरुले पटक पटक बालिकामाथि यौ’न शोषणका क्रियाकलापहरु हुन थालेपछि प्रहरीमा उजुरी दिएको पत्रकार सम्मेलनमा पीडित बालिकाको परिवारले बताएका छन् ।

‘बालिका दुई बर्षदेखि पटक पटक यौ’न शोषणमा पर्दै आएकी रहिछ, तर डरका कारण हामीलाई भन्न नसकेकी रहिन्छ,’ पीडित बालिकाकी आफन्तले भने । यौ’न शोषणका कारण बालिकाकमा शारीरिक तथा मानसिक समस्या समेत देखा परेको छ ।

पीडित पक्षको उजुरी दिएपछि ६२ बर्षीय अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आरोपित यसअघि जेठी श्रीमतीको ह त्या गरि कैद भुक्तानी गरि निस्किएका व्यक्ति हुन् ।

प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार