• २०७७ कार्तिक ९ गते आइतवार
  • Preeti To Unicode

थप २०२० जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेकाे संख्या ३९०पुग्याे


असाेज २, काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४३ हजार ८२० पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार विहीबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८३ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाले मृ त्यु भएसँगै ३९० पुगेको छ ।

प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार