• २०७७ कार्तिक ९ गते आइतवार
  • Preeti To Unicode

नदीले बगाउँदा बाबु-छोरी बेपत्ता


असाेज २, काठमाडाैं । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा नारायणी नदीले बगाउँदा बाबु-छोरी बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका १५ भिउरानका ४५ वर्षीय भुपाल क्षेत्री र उनका १४ वर्षीया छोरी सुजिता क्षेत्री रहेका छन् ।

नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर ल्याएका दाउरा झिक्ने क्रममा सो नदीले बगाउँदा बिहीबार बाबुछोरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

उनका अनुसार क्षेत्रीका श्रीमती सानीलाई समेत नदीले बगाउँदा तत्काल स्थानीयले उद्धार गर्न सफल भएका थिए । बेपत्ता बाबुछोरीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार