• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

नदीले बगाएर ल्याएका दाउरा झिक्ने क्रममा बुबाछोरी नै बगेर गए



असोज ३, नवलपरासी ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नारायणी नदीले बगाउँदा बाबुछोरी बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५ भिउरानका  ४५  वर्षीय भुपाल क्षेत्री र उहाँका १४ वर्षीया  छोरी सुजिता क्षेत्री रहेका छन् ।

नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर ल्याएका दाउरा झिक्ने क्रममा सो नदीले बगाउँदा आज बाबुछोरी बेपत्ता भएका  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

उनका अनुसार क्षेत्रीका श्रीमती सानीलाई समेत नदीले  बगाउँदा तत्काल स्थानीयले उद्धार गर्न सफल भएका थिए ।
बेपत्ता बाबुछोरीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

-रासस

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार