• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

गएराति तीन जनालाई विषालु सर्पले डसेपछि…


असाेज ३, चितवन । पश्चिम चितवनमा सर्पले डस्दा दुई वर्षीय एक बालकको मृ त्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा घरमा सुतिरहेका तीन जनालाई गएराति विषालु सर्पले डसेको थियो ।बालकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा विहान करिब ६ बजे मृ त्यु भएको प्रहरीले जनाएको छ ।

सर्पको डसाइबाट बालककी आमा २६ वर्षकी रुवी सुनारको अवस्था गम्भीर छ । उनको भरतपुर अस्पतालमा उपचार जारी छ । यस्तै ५६ वर्षकी केशरी वि.क.को अवस्था पनि गम्भिर छ ।

उनको चितवन मेडिकल कलेजको आइसियूमा राखेर उपचार भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार