• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

पुराना कानुनहरु संशोधन गर्दै जानुपर्छ प्रजिअ – रिजाल


शरद रेग्मी /असोज ३,तुलसीपुर । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मुलुक संघिय प्रणालिमा गईसकेको हुँदा पुराना कानुनहरु संशोधन गर्दै जानुपर्ने बताउनुभयो । पुराना कानुनहरु अहिले नया संरचना अनुसार उपयुक्त नभएको भन्दै संशोधन गर्नुको बिकल्प नभएको उहाँको धारणा थियो । साथै उहाँले जनताको चाहाना र अपेक्षा अनुसार स्थानिय प्रशासनले सहजिकरणको भुमिका खेल्नुपर्ने बताउनु भयो ।

रोटरी क्लब अफ तुलसीपुर सिटिको आयोजनामा सम्पन्न कार्यक्रममा अतिथी वक्ताको रुपमा उपस्थित हुनु भएका प्रमुख जिल्ला अधिकारी रिजालले जिल्लामा सुशासन कायम गर्न सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । सुशासन, पारदर्शिता र शान्ति सुरक्षा कायम गर्न स्थानियको सहयोग प्राप्त भयो भने कानुन कार्यान्वयन गराउन सहजता प्राप्त हुने उहाँको भनाइ थियो । साथै उहाँले रोटरीले समाजमा गरेको योगदानको समेत खुलेर प्रशंसा गर्नुभयो ।

रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालको जिवनी र उहाँको व्यक्तित्वको बारेमा पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले प्रकाश पार्नुभएको थियो । क्लबका प्रस्तावित अध्यक्ष यज्ञ बहादुर केसीले स्वागत गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष देव बहादुर केसीले क्लबले गरेका सामाजिक गतिविधीको बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा क्लवका भाबी अध्यक्ष शिव श्रेष्ठ पूर्वअध्यक्ष कुशल तर्ताल, अनुप कुमार श्रेष्ठ, बिमल रिजाल, ललित बहादुर घर्ती लगायतको उपस्तिथी थियो । क्लबका सहसचिव बुद्ध प्रकाश सिंहले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजिकरण सचिव देवेन्द्र केसीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार