• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्दा भयाे आगलागी


असाेज ४, काठमाडाैं ।  पेट्रोल बोकेको ना ४ ख २८२२ नम्बरको ट्याङ्कर गल्छी गाउँपालिका ६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।

ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए।

नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भागमा आगलागी भएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार