• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

सल्यानका इन्द्र केसीको परिवारले पाए ५ लाख ३० हजार


असोज ४, सल्यान । आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले सल्यानमा मृ त्यु भएका एक व्यक्तिलाई विमाको दाबी रकम दिएको छ ।

जिल्लाको बागचौर नगरपालिका खरिबोट निवासी इन्द्र प्रकाश केसीको परिवारलाई कम्पनीले विमा मृत्यु दाबीको ५ लाख ३० हजार रकम हस्तान्तरण गरेको हो । केसीले ५ लाखको विमा गरेर एक किस्ता बुझाएका थिए ।

कम्पनीले विमाङ्कन बापतको ५ लाख र किस्ता सहित बोनस ३० हजार प्रदान गरेको आइएमई लाईफ इन्स्योरेन्स सल्यान शाखा प्रमुख विमला ओली बोहराले जानकारी दिईन् ।

विमा रकम आज केसीकी धर्मपत्नि कृष्ण केसीलाई बागचौरका मेयर लोक्मान बुढाथोकी, आईएमई लाईफ इन्स्योरेन्स कर्णाली प्रदेशका दिपेन्द्र डिसी र सल्यान शाखाको प्रमुख बिमला ओली बोहराले घरमै गएर हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार