• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

तिलक र कबिताको “दशै आयो” बोलको म्युजिक भिडियो बजारमा


असोज,५ दाङ । नेपाली हिन्दुहरुको महान चाड दशैं तिहार नजिकिदै गर्दा आईतबार ‘दशैं आयो’ बोलको गीत रिलिज भएको छ । तिलक बस्नेत र कविता खत्रीको सुमधुर आवाज रहेको यस गीतमा तिलक बस्नेतको संगीत अनि समीर प्रकाश पाण्डेको शब्द रहेको छ ।

डान्सिङ शैलीमा आधारित रहेको गीतको भिडियोमा लाहुर गएका लाहुरे दशैंमा घर फर्किँदा आफ्नो प्रेमिका अनि परिवारसँग रमाइलो गरेको कथालाई भिडियोमा देखाइएको छ।गितको भिडियो आहा टिभीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

भिडियोमा कलाकार चिरञ्जीवी सापकोटा, गिता ढुंगाना, जिवेश गुरुङ र रुबिशा श्रेष्ठको अभिनय देख्न सकिन्छ। भिडियोलाई सृजन बरालले निर्देशन गरेका हुन । राजेश घिमिरेले भिडियोलाई आकर्षक फ्रेममा खिचेका छन।भने,अमृत चापागाईंले भिडियो सम्पादन गरेका हुन ।भिडियो :

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार