• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

प्रहरीले किन झिक्यो गाडिसकेको शव ?


असाेज ५, दमौली । आफन्तले अन्त्येष्टि गरिसकेको शव तनहुँ प्रहरीले अनुसन्धानका लागि भन्दै उत्खनन् गरेको छ।

आँबुखैरेनी ४ खस्राङमा निधन भएका ३८ वर्षीय राजकुमार गुरुङको सोहीदिन आफन्त र परिवारले स्थानीय चिहानडाँडामा गाडेका थिए। गुरुङ परम्पराअनुसार अन्त्येष्टि भएको दुई दिनपछि प्रहरीले राजकुमारको शव उत्खनन् गरेर झिकेको हो।

उनको मृ त्यु शंकास्पदभन्दै सूचना आएपछि प्रहरी टोलीले शव उत्खनन् गरेर पोष्टमार्टमका लागि ल्याएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज तिमल्सेनाले जानकारी दिए। ‘घटना शंकास्पद छ भन्ने सूचना पाएपछि हामीले गाडेको शव झिकेका हौं,’ उनले भने,‘थप अनुसन्धान थालेका छौँ।’

प्रहरीले मृतकका छोरा र छोराको सालो पर्ने दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार