• २०७७ कार्तिक ९ गते आइतवार
  • Preeti To Unicode

भूमिगत गरिएको बिजुलीको तार पड्किएपछि विद्युत आपूर्ति बन्द


असोज ७ काठमाडौं । काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल अगाडि भूमिगत गरिएको बिजुलीको तार पड्किएको छ । तार पड्किएपछि गएरातिदेखि नै अस्पतालमा विद्युत आपूर्ति बन्द भएको छ ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली रातभरि काममा खटिए पनि मर्मत गर्न सकेन । बिग्रिएको ठाउँ पत्ता लगाउन नसकेपछि आज बिहानपख प्राधिकरणको प्राविधिक टोली फर्किएको छ ।

मर्मतमा खटिएका एक प्राविधिकले अनलाइनखबरसँग भने, ‘रातभरि झरीमा ओत लाग्दै, जम्पर छुटाउँदै हेर्दै गर्‍यौं तर फल्ट पत्ता लगाउन सकेनौं । यो कुरा हामीले माथि रिपोर्टिङ गरेका छौं ।’

गएराति नै लैनचौर, सामाखुसी, गोंगबु, सूर्यदर्शन हाइट, बालुवापाटी लगायतका स्थानमा पनि विद्युत आपूर्ति बन्द भएको थियो । तर ती स्थानमा भने उपकरण फेरेर मर्मत गरेपछि राति नै विद्युत आपूर्ति सुरु भएको छ ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार