• २०७७ कार्तिक ९ गते आइतवार
  • Preeti To Unicode

कैदी रामलखनको शवबाट अंग निकालिएको हो त ?


असोज ७, काठमाडौं । वीर अस्पतालमा केही दिन अघि एक कोरोना संक्रमित मृतकको शवबाट अंग निकालिएकाे भन्ने विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति अस्पतालले ध्यानाकर्षण भएको जनाएको छ।

कैदी रामलखन जैसवालको शव सडे गलेकोले अंगहरुको रुप परिर्वतन भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।  ३ दिन अघि केन्द्रीय कारागारबाट वीर अस्पताल पुर्याएका उनको तत्कालै मृ त्यु भएको अस्पताले जनाएको छ।

शव गृहमा राखेको शव सड्न गल्न थालेको र अंगहरु परिर्वतन भएको अस्पतालको भनाई छ।

वितग ३ दिन देखि मृतकको शव, शवगृहमा रहेकोले सड्ने गल्ने प्रक्रिया शुरु भइसकेको र शवमा फोकाहरु रहेको, सुन्निएको र मुख र नाकबाट तरल पदार्थ निस्किएको अवस्था हो। यो शवलाई उपयुक्त रेफ्रिजेरेटमा नराख्दा हुने सामान्य प्रक्रिया हो’ अस्पतालले भनेको छ।

मृतकका आफन्तले भने अस्पतालमा अंग चोरी भएको आरोप लगाएका छन्।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार