• २०७७ कार्तिक ९ गते आइतवार
  • Preeti To Unicode

कपिलवस्तुमा बाढीले गाडी बगाएपछि…


असोज ७, काठमाडौं । कपिलवस्तुमा नेपाल विद्युत प्राधिकरणको गाडी मोतिपुर खोलाले बगाउँदा १ जनाको मृ त्यु भएको छ भने, दुई जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिकास्थित मोतिपुर खोलाले बा १ ञ १०८९ नम्बर गाडी बाढीले बगाउँदा चालक माधव पाण्डेको मृ त्यु भएको छ ।

यस्तै विद्युत प्रधिकरण जितपुर वितरण केन्द्रका इन्चार्ज कृष्ण पौडेल र सितगंगा नगरपालिका वडा नम्बर १३ केशवप्रसाद भाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण आधिकारिक टेड युनियन राष्ट्रिष्य कर्मचारी युनियन प्रदेश पाचका अध्यक्ष कल्पना थापा कडेरिया भन्ने ठाउँमा ट्रान्सफर्मर मर्मत गरेर फर्किदै गाडी गाडी भेलले बगाएको बताइन । गाडीमा ६ जना सवार थिए । अन्य तीन जना हाम फालेर बाँचेका थिए ।

 

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार