• २०७७ कार्तिक ९ गते आइतवार
  • Preeti To Unicode

स्कार्पियो दुर्घटना हुँदा लेकाली अनलाइका सम्पादक सहित ६ जना घाइते


गणेश खड्का

गणेश खड्का / असोज ८ सल्यान । सल्यान बाट प्रकाशन हुने लेकाली अनलाइका सम्पादक पत्रकार खकेन्द्र केसी चढेको स्कार्पियो दुर्घटना भएको छ ।

विहीवार कपिलबस्तु बाट घोराही तर्फ आउदै गरेको पत्रकार सवार बा ११ च ९५१३ नम्बरको स्कार्पियो लमही नगरपालिका ६ अर्जुन खोला देखि २ किलो मिटर नजिक सीता भरार भन्ने स्थानमा दुर्घटना परेको हो। स्कार्पियो सडक बाट ५० मिटर तल खसेको छ ।

दुर्घटना परि सम्पादक केसी, सल्यान स्थित रेडियो मध्यपहाड एफ एमका स्टेसन म्यानेजर बागचौर नगरपालिका वडा नम्बर २ का बिरेन्द्र डिसी, सोही रेडियोमा कार्यरत बागचौर नगरपालिका ५ का तुलाराम परियार, सल्यान छत्रेस्वरी गाउँपालिका वडा नम्बर १ की नोखी केसी, तुलसिपुर उपमहानगर पालिका वडा नम्बर ५ का प्रकाश ओली , सल्यान छत्रेस्वरी गाउँपालिका वडा नम्बर ३ का चालक सन्तोष बुढाथोकी रहेका छन् ।

अहिले घाइतेहरु दुई जनाको लमही स्थित फ्लोरेन्स अस्पताल र चार जनाको लमही अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनामा अरूको अवस्था खतरामुक्त भएपनि रेडियो मध्यपहाड एफ एममा कार्यरत बागचौर नगरपालिकाका तुलाराम परियारको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारको लागी लमही बाट नेपालगंज रिफर गरिएको पत्रकार भरत रोकायले जानकारी दिए ।

गाडीको गति अत्याधिक तिब्र भएको, घुम्ती भएको, विपरित दिशा बाट मोटरसाइकल आइरहेको र मोटरसाइकललाई बचाउने क्रममा ड्राइभरले नियन्त्रण गुमाउदा गाडी खोलामा खसेको बताइएको छ ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार