• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

भारतबाट नेपालमा एक करोड केजी आलु आयात


असोज ९, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ)मा भारतबाट ९१ लाख ९९ हजार केजी आलु आयात भएको छ। भारतबाट नेपालमा तरकारी खाने आलुको आयात हुने गरेको छ।

यो अवधिमा २३ करोड २१ लाख रूपैयाँ बराबरको आलु आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। यसबाट सरकारले २ करोड रूपैयाँ राजस्व असुल गरेको छ।

नेपालमा आलु उत्पादनको सिजन सुरु नहुँदा बजारमा अहिले पनि पर्याप्त आपूर्ति भएको छैन। जसका कारण आलुको मूल्य उच्च अंकमा पुगेको छ। अघिल्लो सातासम्म बजारमा नेपाली आलुको मूल्य प्रतिधार्नी २ सय ८० रूपैयाँसम्म पुगेको छ।

 

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार