असाेज १५, सल्यान । केहिदिन अघि अपहरणमा परेका भनिएका सल्यान शारदा नगरपालिका वडा नं १३ का वडा अध्यक्ष तुलसी रावत एक महिलासँग दाङ तुलसीपुरको एक होटलमा फेला परेका छन् ।
गत असोज ११ गते सल्यान सदरमुकाम खलंगा जान्छु भनेर घरबाट निस्किएपछि उनि सम्पर्क विहिन भएका थिए । सम्पर्कविहिन भएपछि प्रहरीमा खोजतलासको उजुरी समेत परेको थियो ।
उनलाइ असोज १४ गते दाङको एक होटलमा प्रहरीले फेला पारेको हो । तुलसीपुरको एक म:म पसलमा भेटिएका वडाध्यक्ष रावतले आफ्नो व्यक्तिगत लेनदेनको कारणले दाङ झरेको बताएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिएका छन् ।
बेपत्ता रहेका भनिएका रावतलाइ दाङको तुलसीपुर-७ मा पर्ने दाङ/ सल्यान सडकखण्डको दाजुभाइ मम पसलबाट सल्यान र दाँङको प्रहरीले फेला पारेको उनले बताए ।
विप्लव कार्यकर्ताले चन्दा मागेर तनाव दिएपछि चन्दाको व्यवस्था गर्न दाङ झरेको भन्ने कुरा पुष्टि भइ नसकेको उनले बताए । वडाअध्यक्ष रावत लाइ बिहीवार परिवारको जिम्मा लगाइएको छ । भने थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
वडा अध्यक्ष रावत गत शनिबार सल्यानको श्रीनगरबाट नाइट बस चढेर दाङको तुलसीपुर पुगेको र त्यहाँ पुगेर परिवारलाइ आफू अपहरणमा परेको जानकारी दिएका थिए ।
उनले परिवारलाई फोनमा भनेका थिए, “म विप्लवको अपहरणमा परेको छु । मलाइ २० हजार रकम आवश्यक छ ।” तर उनि कुनै अपहरणमा नपरेर आफ्नै व्यक्तिगत तनावले परिवारको सम्पर्क बाट टाढा भएको बुझिएको छ ।
को हुन ति महिला ?
प्रहरीले होटलबाट उनलाई मात्रै नभएर अन्दाजी २६ वर्षीया एक महिलासंग फेला परेको श्रोतको दावी छ । तर यस विषयमा पनि जिल्ला प्रहरी कार्यालय सल्यानले कुनै प्रतिकृया भने दिएको छैन् । प्रहरीका अनुसार वडा अध्यक्षलाइमात्रै तुल्सीपुरबाट सल्यान ल्याइएको हो । वडा अध्यक्ष महिलासंग भेटिएपछि घटना थप आश्चर्यजनक बनेको छ ।
तुलसीपुरमा बस्ने ती महिलाका पति वैदेशिक रोजगारीमा रहेको र वडा अध्यक्ष रावत संग केहि समय अघिदेखि सम्पर्कमा रहेको श्रोतले बताएको छ । यातायात क्षेत्रमा हुँदाको समयमानै वडा अध्यक्ष र ति महिलाबीच परिचय भएको बुझिएको छ ।
अहिले आएर नाटकीय ढंगले आफु अपहरणमा परेको भनेर परिवारलाइ वडा अध्यक्ष आफैले फोन गरेको समेत बुझिएको छ । वडा अध्यक्ष अपहरणमा परेको आशंकामा परिवारले प्रहरीलाइ खोजतलाश गरिदिन जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय सल्यान, कर्णाली प्रदेश प्रहरी कार्यालय, ५ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङ मिलेर रावतको खोजी गरेको थियो ।