कुमाख दैनिकको कविता प्रतियोगितामा भरत रोकाय प्रथम



असोज १५, सल्यान । सल्यान जिल्लाबाट प्रकाशित हुने कुमाख दैनिकको आयोजनामा भएको कोरोना सम्बन्धि लिखित कविता प्रतियोगितामा भरत रोकाय प्रथम भएका छन् ।

कुमाख दैनिकको दोस्रो वार्षिकोत्सबको अवसरमा सोही पत्रिकाको आयोजना र सूचना प्रविधिको सहयोगमा भएको कविता प्रतियोगितामा रोकाय प्रथम भएका हुन् । लेकाली अनलाइन सहित विभिन्न मिडियामा आवद्ध रोकाय सल्यान कला साहित्य परिषद्का अध्यक्ष समेत हुन् ।

त्यस्तै कविता प्रतियोगितामा तारादेव शर्मा र खड्क शाही दोस्रो तथा रन्जना चन्द तेस्रो भएको कुमाख दैनिकका प्रधानसम्पादक गोविन्द शर्माले जानकारी दिए ।

विजेता सर्जकहरुलाई केही समयपछि पुरस्कृत गरिने प्रधानसम्पादक शर्माले बताए । उत्कृष्ट कविता छनोटको निर्णायकमा डा. पुर्ण भण्डारी पंकज, शेरजंग शाह र विष्णु शर्मा कडेल रहेका थिए ।

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार